मकवानपुरको थाहानगरपालिकाले नगर प्रहरी भर्ना गर्ने भएको छ । पालिकाले १० साउनका सूचना गरी नगर प्रहरीको विभिन्न ३ पदमा ४ जनाका लागि दरखास्त आव्हान गरेको हो । थाहा नगरपालिका मकवानपुरका १० स्थानीय तह मध्ये हेटौंडापछि नगर प्रहरी भर्ना गर्ने दोस्रो स्थानीय तह भएको छ ।

थाहा नगरपालिकाको नगर प्रहरी सेवा सञ्चालन सम्बन्धी कार्यविधि, २०८० बमोजिम नगर प्रहरी करार सेवामा लिन दर्खास्त आह्वान गरेको हो । योग्यता पुगेको नेपाली नागरिकले सूचना जारी भएको मितिले १५ दिनभित्र दस्तुर सहित निवेदन दिन सक्नेछन् । अहिले नगर प्रहरी सहायक निरीक्षक एक जना, नगर प्रहरी हवल्दार दुई जना र नगर प्रहरी जवान एक जनाको लागि दरखास्त आह्वान गरिएको नगरपालिका प्रकाशित सूचनामा उल्लेख छ ।

सहायक निरीक्षकको लागि प्लस टु उतिर्ण, हवल्दारको लागि १० कक्षा उतिर्ण र जवानको लागि ८ कक्षा पास हुनुपर्ने छ भने उमेरको हदमा १८ बर्ष पूरा भै ४० नकाटेको हुनुपर्ने सुचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचनाः

पालिका प्रेस
थप जानकारी