धादिङको गजुरी गाउँपालिकामा वार्षिक समिक्षा तथा सामाजिक परिक्षण कार्यक्रम भएको छ । गजुरी गाउँपालिका र शान्ति नेपालको सहकार्यमा सञ्चालित एकिकृत सामुदायिक षोषण तथा खाद्य सुरक्षा परियोजना अन्तर्गत वार्षिक समिक्षा तथा सामाजिक परिक्षण कार्यक्रम भएको हो ।कार्यक्रममा मातृशिशु पोषण सुधारको लागि सञ्चालित परियोजनाले समुदायस्तरमा गरेको क्रियाकलाप, क्रियाकलापको प्रभावकारिता, समस्या, समस्या समाधानका लागि सरोकारवालाहरुले अब गर्नुपर्ने काम लगायतको बारेमा समिक्षा भएको छ । कार्यक्रममा शान्ति नेपालका कार्य समिति सदस्य राजेन्द्र चेपाङले परियोजना स्तरिय वार्षिक समिक्षा तथा सामाजिक परिक्षण कार्यक्रमको उदेश्य एवम् औचित्य लगायतको बारेमा सहभागीलाई जानकारी गराउनुभएको थियो ।
यस्तै परियोजना सँयोजक लालप्रसाद पोखरेलले परियोजना अन्तर्गत गजुरी गाउँपालिकामा भएका क्रियाकलापहरु बारे वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । परियोजना सञ्चालनबाट कुपोषण तीन वर्षमा ७.५ प्रतिशतबाट घटेर २.६ प्रतिशतमा झरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । ग्रामिण समुदाय लक्षित बहुक्षेत्रीय कार्यक्रमले खाद्य उत्पादनमा बृद्धि गर्ने, पोषण व्यावहार तथा अवस्था सुधार गर्ने,सरसफाई स्वच्छता व्यावहार सुधार गर्ने र सामुदायिक सशक्तिकरण गर्ने चार वटा उद्देश्य अन्तर्गत विविध गतिविधिहरु सञ्चालन भई ३० वटा सुचकहरुमा हाल सम्मको प्रगति परियोजना संयोजक पोखरेलले प्रस्तुत गर्नु भएको थियो।
यस्तै प्रतिवेदन प्रस्तुत पछि परियोजनाको बारेमा सहभागीहरुले प्रश्न, जिज्ञासा र सुझाव दिनुभएको थियो । कार्यक्रमा गजुरी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष ऋषि लाल श्रेष्ठले यो कार्यक्रमलाई अबका दिनमा पालिका मार्फत समुदाय स्तरमा लौजने बताए । सम्बन्धित शाखाले पोषण तथा खाद्य सुरक्षाका सवालमा कार्यक्रम सञ्चालन गर्ने उनको भनाई छ।
यस्तै वडा नम्बर ७ का वडा अध्यक्ष बद्रि प्रसाद जमकटेलले शान्ति नेपाल पालिकाबाट परियोजना सकिएर जाँदै गर्दा संस्थाले देखाएको बाटोलाई अगाडी बढाउन पालिकाले नीति कार्यक्रम तथा बजेटको सुनिश्चित गरिएको बताए । यस्तै कार्यक्रममा बोल्नु हुँदै पालिका उपाध्यक्ष शर्मिला विसुरालले शान्ति नेपालले समुदाय स्तरमा सञ्चालन गरेको परियोजनाको प्रशंसा गर्दै पोषण तथा खाद्य सुरक्षा परियोजना सकिए पनि अन्य परियोजना लिएर संस्था आउने आसा राख्नु भएको छ।
पत्रकार तथा सञ्चारकर्मी शिवराज आचार्यले गर्नुभएको सहजिकरण कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिकाका सदस्यले आफ्नो भनाई राख्नुभएको थियो । अब १२ गते शुक्रबार बेनिघाट रोराङ गाउँपालिकामा परियोजनाको वार्षिक समिक्षा तथा सामाजिक परिक्षण कार्यक्रमको आयोजना गर्ने शान्ति नेपालका कार्यक्रम निरीक्षक उद्धब बहादुर चेपाङले बताएका छन्।














































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्