मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका वडा सचिव तथा राजश्वसंग सम्बन्धीत कर्मचारीहरुका लागि प्रविधिमैत्री राजश्व संकलन विधिका विषयमा तालिम दिइएको छ ।

गाउँपालिकामा राजश्व सम्बन्धी स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (सुत्र) प्रणाली प्रयोग गरी क्युआरबाट राजश्व भुक्तानीको अनलाईन भुक्तानीको विषयमा तालिम संचालन भएको हो । तालिमको सहजिकरण पालिकाका राजश्व शाखा प्रमुख मिलन न्यौपानेले गरेका थिए ।

गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले उद्घाटन गरेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रलाद कार्की, वडा सचिवहरु र अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी