बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मकवानपुरले प्रदेश सरकार मातहतका ७ वटा अस्पताललाई शववाहन हस्तान्तरण गरेको छ । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले १४ साउनमा प्रदेश सरकार मातहतका सात वटा अस्पतालहरुलाई ७ वटा शववहान हस्तान्तरण गरेको हो । दोलखाको पशुपति चौलागाई अस्पताल, रसुवा अस्पताल, रामेछाप अस्पताल, चितवनको रत्ननगर बकुलर अस्पताल, सिन्धुपाल्चोकको चौतारा अस्पताल, सिन्धुली अस्पताल र त्रिसुली अस्पताललाई शववहान हस्तान्तरण गरेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख बसन्त अधिकारीले बताए ।
भन्सार छुटमा खरिद गरिएको सात वटा शववहान टेण्डर मार्फत कुल एक करोड ८ लाख ६५ हजार रुपैयाँ लागतमा बितेको आर्थिक वर्षको कार्यक्रम अन्तरगत खरिद गरिएको केन्द्रका लेखा अधिकृत राधाकृष्ण श्रेष्ठले जानकारी दिए । खरिद गरिएका शववहान बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले अस्पतालका अध्यक्ष तथा प्रमुखहरुलाई हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै मन्त्री जोशीले शववहानहरुमा सव ओसार्दा सकेसम्म निशुल्क रकम लिनै परेमा पनि थोरै रकममा ओसार्न अस्पतालहरुलाई निर्देशन दिए ।
कार्यक्रममा मन्त्रालयका सचिब बद्री बहादुर खड्काले शववहान सञ्चालन गर्नका लागि सकेसम्म कार्यविधि बनाएर सञ्चालन गर्ने तयारी गरिने बताए । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता दीपक प्रसाद तिवारी, स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिस विष्ट लगायतकाको उपस्थिति रहेको थियो ।














































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्