साँकेतिक चित्र Google बाट

काठमाडौंमा बहुमूल्य सामान चोरी गर्ने थाहा नगरपालिका घर भएका एक युवकसहितको एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

रातिको समयमा बहुमूल्य वस्तु चोरी गर्ने सिन्धुपाल्चोकको तौथली गाउँपालिका वडा नम्बर ७ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्ने सुमन भन्ने बिष्णु श्रेष्ठ र मकवानपुरको थाहा नगरपालिका– ९ घर भई हाल काठमाडौंको ठमेलमा बस्ने विकास देउलालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुले रोलेक्स, ओमेगा, राडो ब्रान्डका घडी, सुन र हीरा ८५ लाख २६ हजार ९ सय रुपैयाँको सामान चोरी गरेको प्रहरीले जनाएको छ ।

यो प्रकरणमा पक्राउ परेका बिष्णु श्रेष्ठविरुद्ध यसअघि काठमाडौका विभिन्न प्रहरी इकाइमा चोरी लगायतका ६ वटा मुद्दा चलेको समेत प्रहरीले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी