मकवानपुर थाहा नगरपालिका पशु विकास शाखाको सक्रियतामा पशुवस्तुलाई गोठमै पुगेर लम्पी स्किन खोप लगाइएको छ । पालिकाले अभियान नै सञ्चालन गरेर खोप लगाएको हो । भेटेरीनरी तथा पशु सेवा विज्ञ केन्द्रबाट प्राप्त भएको खोप समेत पशुहरुलाई लगाइएको छ । किसानले पालेको पशु क्षति हुनबाट जोगाउनका लागि अभियान संचालन गरिएको हो ।

खोप अभियान अन्तर्गत थाहाका १ हजार १ सय ५० पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको पशु लगाइएको पशु विकास शाखाका रुपेश कुमार मिश्रले जानकारी दिए । उक्त खोप थाहा नगरपालिकाको वडा नम्बर ५ र ७ बाहेकका अरु १० वटा वडामा लगाइएको हो । सबैभन्दा बढि वडा नम्बर ६ मा २ सय २५ पशुलाई लगाइएको छ ।

नगरपालिकाको पशु शाखाबाट वडा नम्बर १ मा २५ वटा पशु वस्तुलाइृ खोप लगाइएको छ । वडा नम्बर २ को १ सय ५०, वडा नम्बर ३ को १ सय ५, वडा नम्बर ४ को ९५, वडा नम्बर ६ को २ सय २५, वडा नम्बर ८ को १ सय ५०, वडा नम्बर ९ को ७९, वडा नम्बर १० को १ सय ४६, वडा नम्बर ११ को ७५ र वडा नम्बर १२ को १ सयवटा पशु वस्तुलाई खोप लगाइएको हो ।

थाहामा ३ सय १० वटा पशुमा लम्पी स्किन रोग संक्रमण भएको शाखाको रिपोर्ट छ । संक्रमण भएका मध्ये ३४ वटाको मृत्यू भएको छ । सबैभन्दा बढि संक्रमित वडाका रुपमा ८ नम्बर रहेको छ । यस वडामा ८१ पशुमा लम्पी स्किनको संक्रमण देखिएको पशु विकास शाखाले जनाएको छ । सबैभन्दा कम वडा नम्बर १ को ७ वटा पशुमा मात्र संक्रमण देखिएको छ । खोप लगाउनै बाँकी वडा नम्बर ५ मा ११ वटा र ७ नम्बर वडामा ७० पशुमा संक्रमण रहेको पाइएको छ ।

लम्पी स्किनबाट मृत्यूहुने पशु संख्यामा वडा नम्बर १, २ र ५ मा १/१ वटा पशुको मृत्यू भएको छ । वडा नम्बर ४ मा ८ वटा, वडा नम्बर ६ र ९ मा ३/३ वटा, ७ मा ६ वटा वडा नम्बर ८ मा ९ वटा र वडा नम्बर १० मा २ वटा पशुको लम्पी स्किन रोगका कारण र्मतयू भएको पशु शाखाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी