एमाले सचेतक महेश बर्तौला कान्ती बाल अस्पतालको लापरबाहीबाट लगातार ज्वरो र वान्ताले थलिएकी रेजिशा गोपालीको ज्यान गएकोमा सदनमा न्याय मागिरहेका छन् । यसै विचमा वर्तौला बालिकाको हजुबुबा तथा आमा र परिवार भेट्न मकवानपुरको थाहा नगरपालिका १० स्थित घरैमा पुगेका हुन् ।

साँसद बर्तौलाले २२ भाद्रमा प्रतिनिधि सभाको बैठकमा बोल्दै घटनाले अस्पतालभित्रको बेथिति झल्काएको र निर्देशकले जिम्मा लिनुपर्ने बताएका थिए । ‘वैदेशिक रोजगारीमा पोर्चुगल गएको बुवाको सपना कान्ति बाल अस्पतालको लापर्बाहीका कारण चकनाचुर भयो,’ सदनमा उनले भने–‘चरम गैरजिम्मेवारीपनले पाँच वर्षको बच्चाको मृत्यु भयो । यसले अस्पतालभित्रको बेथिति देखाउँछ । निर्देशक र अस्पताल विकास समितिले यसको जिम्मेवारी लिनुपर्छ । स्वास्थ्यमन्त्रीले जवाफ दिनुपर्छ । पीडितलाई अविलम्ब न्याय र क्षतिपूर्ति दिनुपर्ने माग गर्दछु ।’

उनको सचिवालयले दिएको जानकारीका अनुसार सचेतक बर्तौलाले २३ भाद्र विहान करिव ८ बजे मकवानपुरको थाहा नगरपालिका १० स्थित गोपालीको घरैमा पुगेर परिवारलाई भेटेका छन् । उनी नुलगाउँ आउने जानकारी पाए पछि नुलगाउँका स्थानियहरु भेला भएका थिए र बर्तौलालाई घटनाका बारेमा जानकारी दिंदै बालिकाका आफन्तले न्याय दिलाईदिन अनुरोध गरेका थिए । सचेतक बतौलाले पनि बालिकाका आफन्त संग भलाकुसारीका क्रममा आफु नागरिकका अन्यायका पक्षमा उभिने वताउदै पहिलो कुरा अस्पतालले आगामी दिनमा यस्तो घटना नहोस् भन्नेमा ध्यान दिनुपर्ने तथा आफु निरन्तर दवाबमुलक खवरदारीमा रहने, दोश्रो दोशीलाई कारबाही र गोपाली परिवारको न्याय र तेश्रो अस्पतालका निर्देशकले यो घटनाको जिम्मा लिनुपर्ने आफ्नो कुरा रहेको बताएका छन् ।

पालिका प्रेस
थप जानकारी