आन्तरिक राजस्व कार्यालय हेटौंडाकी नायवसुब्बा शुभलक्ष्मी लामाले उत्कृष्ट निजामती सेवा पुरस्कार पाएकी छिन् । सरकारले २० औं निजामती सेवा दिवसमा लामालाई उत्कृष्ट निजामती सेवा पुरस्कारबाट पुरस्कृत गरेको हो ।

लामाले १ लाख नगद सहित पुरस्कार पाउने भएकी छन् । सरकारले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एकजना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिदै आएको थियो । यसवर्ष १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जन कर्मचारीलाई निजामती सेवाका लागि छनोट गरेको थियो । यसैअन्तर्गत लामा छनोटमा परेकी हुन् ।

सरकारले हरेक वर्ष भदौ २२ गते निजामती कर्मचारी दिवस मनाउँदै आएको छ । निजामती सेवा नियमावली २०५० अनुसार निजामती सेवा पुरस्कारको व्यवस्था गरिएको हो । जसमा दुई लाख रुपैयाँसहित एकजनालाई सर्वोत्कृष्ट, एक लाख रुपैयाँसहित १० जनालाई उत्कृष्ट र ५० हजार रुपैयाँसहित ३० जनालाई निजामती सेवा पुरस्कार दिइन्छ । नेपाल सरकारका मुख्यसचिवको संयोजकत्वमा रहने सिफारिस समितिले देशभरिबाट प्राप्त नाममध्ये पुरस्कृत हुने निजामती कर्मचारीको नाम सिफारिस गर्ने पद्धति छ ।

पालिका प्रेस
थप जानकारी