मकवानपुरको मनहरी गाउँपालिका–५ वडा कार्यालयले वडाभित्र योजना तर्जुमा तथा कार्यान्वयनका लागि गठित उपभोक्ता समितिलाई एकदिने अभिमूखीकरण गरेको छ ।

आर्थिक वर्ष २०८०÷८१ मा कार्यान्वयन हुने योजना सञ्चालनका लागि गठित योजना समितिका पदाधिकारीहरुको लागि कार्यक्रमको आयोजना गरिएको वडाअध्यक्ष दीपेन्द्र अधिकारीले बताए । वडाअध्यक्ष अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा योजना शाखाका प्रमुख राजेन्द्र चौलागाई, कार्यकारी प्रमुख मोहनकुमार श्रेष्ठ, लेखा शाखाप्रमुख राजेन्द्र भट्टराई र प्राविधिक टुकुराज चौधरीले अभिमूखीकरण गराएका थिए ।

वडामा १७ वटा योजना समिति निर्माण भएकोमा योजनाका पदाधिकारीहरु अध्यक्ष, कोषाध्यक्ष र सचिवलाई अभिमूखीकरण गरिएको हो । तालिममा योजना कसरी सञ्चालन गर्ने ? विषयमा शाखागत प्रमुखहरुबाट अभिमूखीकरण गरिएको थियो । साथै कार्यकारी प्रमुख श्रेष्ठले समग्र योजनाको विषयमा सहजीकरण गरेका थिए ।

पालिका प्रेस
थप जानकारी