मध्यबिन्दु नगरपालिकाले टाेल बिकास सस्थाहरुलाई याेजना कार्यान्वयन सम्बन्धि अनुशिक्षण कार्यक्रम सरु गरेको छ।  वडा न २ बाट सरु भएको कार्यक्रम वडा न ५ र ६ का सस्थाहरुलाई मध्यबिन्दु नगरपालिका वडा न ५ का अध्यक्षगणेश प्रसाद पाठक काे अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरु काे प्रमुख अथिति एवम् वडा न ६ का अध्यक्ष लाभ प्रसाद पाठककाे बिशेष अाथित्यतामा कार्यक्रम भएको थियाे ।

याेजना शाखामा कार्यरत सबिता खनालले कार्यक्रम सञ्चालन गर्नुभएको थियाे। कार्यक्रम लाई ४ वटा सेसनमा बिभाजन गरिएको भियाे टाेल बिकास सस्था गठन, काम कतव्य र अधिकारकाे बारेमा याेजना शाखा प्रमुख भाेलानाथ शर्मा पाैडेलले सहजिकरण गर्नुभएको भियाे याेजना सञ्चालन, गुणस्तर, लागत अनुमानमा भएको व्यवस्था सम्बन्धि पुर्वाधार बिकास शाखा प्रमुख ई. माधब प्रसाद देवकोटाले प्रस्तुत गर्नुभएको थियाे ।

त्यस्तै भुक्तानी सम्बन्धि अार्थिक शाखा प्रमुख सुमन राज रेग्मीले गर्नुभएको थियाे घर नक्सा पास र सरसफाइ सम्बन्धि कार्य प्रस्तुत बस्ति बिकाश तथा भवन नियम शाखा प्रमुख ई बिबेक पाेखरेलले गर्नुभएको थियाे । यसै गरि नगरपालिका अन्तगतका सम्पुर्ण वडाहरुमा अनुशिक्षण कार्यक्रम सञ्चालन गरिने नगरपालिकाका ई माधब प्रसाद देवकोटाले जानकारी दिनु भयाे ।

पालिका प्रेस
थप जानकारी