इजरायलको घटना सुने हेरेपछि नेपालमा स्थानीय सरकारले आआफ्नो पालिकाबाट इजरायल गएका व्यक्तिहरुको विवरण संकलन शुरू गरेका छन। थाहा नगरपालिका भित्रका वडा कार्यालयहरुले सार्वजनिक सूचना जारी गरेर इजरायलमा रहेका आफ्नो वडाका व्यक्तिहरुको विवरणको लागि आग्रह गरेका छन।

थाहा नगरपालिकाले गत आर्थिक बर्ष २०७९÷०८० मा थाहा नगरपालिका भित्रको वैदेशिक रोजगारीको अवस्थाबारे अनुसन्धानात्मक कार्य गरेको थियो। जसअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र फर्किएका व्यक्तिहरुको विवरण संकलन गरिएको थियो। २०७९ को असोज कार्तिकमा संकलन गरिएको विवरण अनुसार इजरायलमा कुनै व्यक्ती नरहेको पाइएको छ । प्रतिवेदन अनुसार थाहा नगरपालिकाबाट वैदेशिक रोजगारमा रहेकाहरुको मुख्य गन्तव्य मलेसिया,र खाडी मुलुक रहेको पाइएको छ।

सबैभन्दा बढी यु ए इ दुबईमा ३०४ जना (२२ प्रतिशत) युवाहरु कार्यरत रहेको देखिन्छ। त्यसपछि क्रमशः साउदी अरवमा २५० जना (१८ प्रतिशत) मलेसिया १७१ जना (१२ प्रतिशत) र कतारमा १३० जना (९ प्रतिशत) रहेका छन थाहा नगरबाट जापानमा ११८ जना, अस्ट्रेलिया ७८ जना, कुवेत ७३ जना, अमेरिका ६४ जना र कोरियामा ३५ जना तथ्यांकले देखाएको छ ।

थाहा नगरपालिकाका रोजगार संयोजक कुमार नेगिका अनुसार नगरबाट ओमानमा ७ जना क्यानडामा ७ जना चिनमा १ जना, जोर्डनमा १० जना र पोर्चुगलमा १० जना व्यक्तिहरु गएका छन भने ३ जना पोल्यान्ड, ९ जना बहराइन र माल्टामा ११ जनाले रोजगारी गरिरहेको जानकारी दिए । थाहा नगरपालिकाको वैदेशिक रोजगारीको प्रतिवेदन अनुसार इजरायलमा थाहाका व्यक्तिहरु नदेखिएको भएतापनी तथ्यांक संकलनको क्रममा १३९८ जनामध्ये ५० जना सुचनादाताले अन्य देश भन्ने सूचना दिएका र ती सुचना दिनेहरु वडा न १ मा १ जना,२ का ४ जना,३ का १२ जना,४ का १ जना ५ का १ जना रहेका छन ।

त्यसैगरी अन्यदेश भनेर सूचना दिनेमा वडा न ७ का ४ जना, ८ का ७ जना, ९ का ४ जना, १० का ३ जना, ११ का १ जना र १२ का ९ जना रहेका छन। अन्य देश अन्तर्गत ६ जना अध्ययनको लागि ४ जना ब्रीटिस सेना तथा सिंगापुर प्रहरी र २ जनाले डिपेन्डेड भनी बताएको रोजगार संयोजक नेगिले जानकारी दिए । अन्य देश अन्तर्गत थाहा नगरको कुनै व्यक्ती इजरायलमा रहेको भएमा उनिहरुको व्यक्तिगत विवरण र परिवारको सम्पर्क नम्बर समेत नगरपालिकामा रहेकाले पत्ता लगाउन सकिने नेगिको भनाइ रहेको छ।

पालिका प्रेस
थप जानकारी