चितवनको भरतपुर महानगरपालिकामा ४२ हजारभन्दा बढी जनसंख्यालाई खानेपानी उपलब्ध गराउन तीन वटा परियोजना एकसाथ सञ्चालनमा आएका छन् । ती परियोजनाहरुको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार विहान उद्घाटन गरे ।

महानगरको वडा नं. १७, १९ र २० लाई समेट्ने गरी बनेको शारदानगर खानेपानी तथा सरसफाइ आयोजना, वडा नं. १० र ११ लाई समेट्ने गरी तयार गरिएको जखडीमाइ सहलगानी खानेपानी आयोजना र वडा नं. २६ मा बनेको दिब्यनगर खानेपानी आयोजना सञ्चालनमा आएका हुन् । यी तीनवटै आयोजनाबाट महानगरका ४२ हजार २ सय ६५ वासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । यी आयोजना २ बर्षयता निर्माण गरिएका हुन् ।

२०७८ बैशाख ३१ मा ठेक्का सम्झौता भई २०८० जेठ ८ मा निर्माण सकिएको शारदानगर खानेपानी तथा सरसफाइ आयोजनाको कुल लागत ३७ करोड ९९ लाख ४७ हजार ३ सय १६ रहेको छ । शर्मा एण्ड कम्पनीले निर्माण गरेको यस आयोजनामा पानीको परीक्षण ल्याव, कम्प्युटरबाट नै समस्या र लिकेज पत्ता लगाउन सकिने व्यवस्था छ ।

पालिका प्रेस
थप जानकारी