थाहा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीसम्बन्धी ३ दिने तालिम २८ असोजबाट शुरु भएको छ । थाहा नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्यसंग सम्बन्धित विवरण तथा जानकारीहरु एउटै प्रणालीमा राख्न सक्षम गराउने उद्देश्यले तालिम शुरु गरिएको थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए ।

थाहा नगरपालकाको हलमा सञ्चालन भइरहेको तालिममा नगरपालिकाका १२ वटा स्वास्थ्य संस्था, नागरिक आरोग्य केन्द्र, आँखा केन्द्रसहित दुईवटा पोलिक्लिनिकका प्रतिनिधिहरुको समेत सहभागिता रहेको छ । सहभागीहरुलाई बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत राजन चालिसेले प्रशिक्षण दिइरहेका छन् ।

प्रशिक्षण कार्यको शुरुमा स्वास्थ्य शाखा प्रमुख बलामीले तालिमको उद्देश्य, आवश्यकता र औचित्यबारे प्रकाश पारेका थिए ।

पालिका प्रेस
थप जानकारी