काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिकाले साँस्कृतिक पर्व दशैका लागि लठारो बाँड्ने भएको छ । पालिकाको वडा नम्बर १ ले ३० असोजमा सूचना जारी गर्दै पिङ हाल्ने समुदाय तथा टोलका लागि लठारो बाँडिने वडाध्यक्ष मधुसुदन तिमल्सिनाले जानकारी दिए ।

गाउँमा परम्परागत पिङ लोप हुँदै गएपछि जोगाउनका लागि कार्यक्रम राखिएको वडाध्यक्ष तिमल्सिनाले जानकारी गराए । पिङ हाल्नेहरुले बाँसको लिङ्गो गाडेको फोटोसहित ३ कात्तिक सम्म वडा कार्यालयमा सम्पर्क गरी लठारो पाउन सकिने वडा कार्यालयको सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचनाः

पालिका प्रेस
थप जानकारी