प्रथम २४८८ कप खुल्ला नकआउट ८ ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधी एभरेष्ट युवा विकास क्लव दामनले हात पारेको छ । सिमभन्ज्याङ थलीको बालुवा चौर खेल मैदानमा नव जागरण पौरखी युवा क्लव सिमभन्ज्याङले आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा डाँडाबास फुटवल क्लबलाई ३–१ को गोल अन्तरले पराजित गर्दै एभरेष्टले उपाधी हात पारेको हो । प्रतियोगिताको फाइनल खेल १ कात्तिकका भएको थियो ।

उपाधी हातपारे संगै विजेता एभरेष्ट युवा विकास क्लवले नगद ३० हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ । उपबिजेता डाँडाबास फुटवल क्लवले नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी डाँडाबासका राजन गोले घोषित हुँदा उत्कृष्ट गोलकिपर एभरेष्टका अस्मित मल्ल ठकुरी हुन सफल भए । प्रतियोगिताको बिजेता तथा उपबिजेता टिमलाई प्रमुख अतिथी थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट र बिशिस्ट अतिथि उपप्रमुख भरत गोपालीले पुरस्कार वितरण गरेका थिए ।

क्लवका अध्यक्ष सोमलाल गोलेको अध्यक्षतामा सम्पन्न समापन समारोहमा नगर प्रमुख बिष्णु बहादुर बिष्ट, उपप्रमुख भरत गोपाली, थाहा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नारायण लामा, कार्यपालिका सदस्य चन्द्रमाया थिङ, थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, नगर खेलकुद विकास समिती सदस्य यादवजंग रायमाझी, क्लवका संस्थापक अध्यक्ष रामकुमार बल, नेकपा एमालेका जित बहादुर थोकर, नेकपा माओवादी केन्द्र थाहाका अध्यक्ष बिनोद कुमार लामा, मैत्री बगैंचा स्मारक समितिका शिव रुम्बा, भिमफेदी गाउँपालिकाका युवा व्यावसायी सिताराम रुम्बा, भरत रुम्बा, कुण्डलदेवी बहुउद्देश्यीय सहकारीका अध्यक्ष शिवकुमार खत्री, दिव्यतारा बहुउद्देश्यीय सहकारी थाहा सेवा केन्द्रकी व्यवस्थापक राममाया खत्रीलगाएतका अतिथिहरुको उपस्तिथि रहेको थियो। प्रतियोगिता २७ असोजबाट शुरु भएको थियो ।

पालिका प्रेस
थप जानकारी