स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई बैदेशिक तालिम छात्रवृत्तिका लागि निवेदन आह्वान गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मनत्रलयले एक सूचना जारी गर्दै स्थानीय तहमा कार्यरत शाखा अधिकृत वा सो सरह र सोभन्दा माथिका कर्मचारीहरुबाट आवेदन माग गरिएको छ ।
सो अनलाइन तालिमका लागि आगामी १९ माघ भित्र निवेदन दिइसक्नु पर्नेछ । सो तालिम आगामी १७ अगस्तदेखि ३१ अगस्तसम्म चल्नेछ ।
तालिम लिन इच्छुक अधिकृतस्तरका कर्मचारीहरुले नाम थर,सुरु नियुक्ति र हालको पदको नियुक्तिको मिति,हाल कार्यरुत निकाय,सेवा समूह वा उपसमूह,संकेत नम्बर,समायोजन भएको तह,तालिमको बिषय,हालको शैक्षिक योग्यता र इमेलका साथै मोवाइल नम्बर उल्लेख गरी hrd.moga@gmail.com मा इमेल पठाउन भनिएको छ ।


















































पालिका प्रेस 














प्रतिक्रिया दिनुहोस्