मकवानपुरको थाहानगरमा विनयबाबु बस्नेत स्मृति जिल्ला स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता हुने भएको छ । थाहा नगरपालिका वडा नम्वर २ मा हुने प्रतियोगिता २५ कात्तिकबाट तीनदिन सम्म सञ्चालन हुने विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले जानकारी दिए ।
‘प्रतियोगितामा सहभागिता जनाउनका निम्ति कार्तिक २३ गतेसम्म टीम दर्ता गरिसक्नु पर्नेछ । दर्ता शुल्क प्रतिष्ठानले तीन हजार रुपैयाँ तोकेको छ।’ अध्यक्ष कार्कीले भने–‘प्रतियोगितामा प्रथम हुनेलाई नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, द्वितीयलाई २८ हजार ८ सय ८८ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ ।’ प्रतियोगितामा उत्कृष्ट पाँच विधा अन्तर्गत उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट ब्लकरलाई नगदसहित मेडल प्रदान गरिने छ ।
प्रतियोगिताको हरेक खेलमा म्यान अफ द म्याच प्रदान गरिने छ । प्रतियोगितामा करिव १५ वटा टीमले सहभागिता जनाउने छन् । विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानले आयोजना गरेको यो प्रतियोगिता छैठौँ हो । प्रतियोगिताको पाचौँ संस्करणको उपाधी मकवानपुरगढी गाउँपालिकाले जितेको थियो । सशस्त्र प्रहरीमा सेवारत् विनयबाबु बस्नेतको दुर्घटनामा परी निधन भएपछि उनको नाममा वि.सं. २०७४ सालबाट यो प्रतियोगिता शुरु गरिएको विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले जानकारी दिए ।


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्