नेप्लिज इन फोटोग्राफीको आयोजनामा काठमाण्डौमा भएको राष्ट्रिय फोटोग्राफी प्रतियोगितामा मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ का गणेश विष्ट प्रथम भएका छन् ।
विभिन्न विधामा आधारित भई आयोजना गरिएको प्रतियोगिता अन्तर्गत विष्ट ‘कल्चर’ (संस्कृति) विधामा प्रथम भएका हुन् । फोटोग्राफर विष्टले क्यामेराको लेन्ससहित पुरस्कृत हुँदै सम्मानित भएका छन् । फोटोग्राफीमा फ्रिलाइन्सिङ गर्दै आएका विष्ट पछिल्लो समय पालिका प्रेस डटकममा आवद्ध छन् ।

प्रतियोगितामा विष्टले थाहा नगरपालिका वडा नम्बर ३ घट्टेचौरमा वर्षेनी लाग्ने हिलेजात्राको एउटा नाचको फोटो मार्फत सहभागिता जनाएका थिए । उनले सहभागिता जनाएको फोटोमा–देवताहरु ब्रम्हा, विष्णु तथा राक्षस मधुकैटभ, शंखासूरबीचको लडाईलाई स्मरण गर्दै नचाइने नाचको रहेको थियो । यहाँको लोपोन्मुख तथा पुरानो नाचलाई विष्टले फोटोमा कैद गरेका थिए ।















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्