मकवानपुरको थाहा नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा आवश्यक पर्दा करार तथा अनुदान कोटामा विषयगत शिक्षक व्यवस्थापन गर्न विषय विज्ञको रुपमा योग्य उम्मेदवारको सूचीकरणका लागि दरखास्त आह्वान गरेको छ।
नगर कार्यपालिकाको कार्यालयले प्रकाशित गरेको सूचनाअनुसार प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका विभिन्न विषयका लागि योग्य तथा अनुभव प्राप्त शिक्षकहरूबाट सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन माग गरिएको हो।
नगरपालिकाका अनुसार सम्बन्धित तह र विषयअनुसार न्यूनतम शैक्षिक योग्यता, अध्यापन अनुभव तथा तालिम प्राप्त गरेका उम्मेदवारले आवेदन दिन सक्नेछन्। सूचीकरणमा समावेश भएका उम्मेदवारलाई आवश्यकता अनुसार सार्वजनिक विद्यालयमा करार सेवामा नियुक्तिका लागि प्राथमिकतामा राखिने जनाइएको छ।
आवेदनका लागि नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाणपत्र, अध्यापन अनुमति पत्र, नियुक्ति तथा बढुवा सम्बन्धी कागजातलगायत आवश्यक प्रमाणपत्र संलग्न गर्नुपर्नेछ। आवेदन फाराम थाहा नगरपालिकाको वेबसाइट बाट डाउनलोड गर्न सकिने तथा शिक्षा, युवा तथा खेलकुद शाखाबाट पनि प्राप्त गर्न सकिने नगरपालिकाले जनाएको छ। सूचनामा उल्लेख भएअनुसार सूचीकरणका लागि तहअनुसार रु. २०० देखि रु. ५०० सम्म दस्तुर निर्धारण गरिएको छ। यसअघि सूचीकृत भइसकेका शिक्षकले नवीकरणका लागि रु. १०० शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्