मकवानपुरको थाहा नगरपालिका वडा नम्बर २ को मत्स्यनारायण माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीहरुलाई सिकाई क्रियाकलापमा बजार अनुगमन गराएको छ । विद्यालयले कक्षा १० का विद्यार्थीहरुलाइृ प्रयोगात्मक सिकाई क्रियाकलाप अन्तर्गत विद्यालय नजिकैको बजारको अनुगमन गराएको प्रधानाध्यापक विष्णुहरि ढकालले बताए ।

कक्षा १० को सामाजिक विषयको एकाई ५ को पाठ ८ को उपभोक्ता अधिकार अन्तर्गतको सिकाई क्रियाकलापमा बजारमा किनेको सामान तोकिए बमोजिमको गुणस्तर भए नभएको पहिचान गर्न प्रत्यक्ष विद्यार्थीको सहभागितामा बजारमा नै गई खाद्यवस्तुको नाम, उत्पादन मिति, उत्पादित वस्तुको म्याद, वस्तुको मिश्रणको अवस्था, मुल्य, तौललगायतको अवलोकन गराई प्रयोगात्मक अभ्यास गराइएको शिक्षक श्याम तामाङले जानकारी दिए ।

बजार प्रणालीलाई प्रतिस्पर्धी र उपभोक्ताप्रति जिम्मेवार बनाउन प्रचलित कानुनको कार्यान्वयमा जोड दिदै उपभोक्ता शिक्षासम्बन्धी सचेतना र बजार अनुगमन र उपभोक्ता हित संरक्षणलाई विशेष प्राथमिकतामा लिइ विद्यार्थीहरुलाई शैक्षिक क्रियाकलापमा सहभागी गराइएको प्रधानाध्यापक ढकालले सुनाए ।

पालिका प्रेस
थप जानकारी