मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ नम्बर वडाको आर्थिक सहयोग तथा नाटेश्वरी युवा क्लवको आयोजनामा भएको फुटबल प्रतियोगिताको उपाधि आयोजक नाटेश्वरी युवा क्लवले जितेको छ । आयोजक नाटेश्वरी युवा क्लबले लालिमा युवा क्लब फाखेललाई ३–१ गोल अन्तरले पराजित गर्दै नाटेश्वरी युवा क्लब चाम्पियन बनेको हो।

इन्द्रसरोवर २ स्थित गोलटार खेलमैदानमा भएको उपाधि भिडन्तमा नाटेश्वरी युवा क्लब कुलेखानी प्रथम भयो भने लालिमा युवा क्लब दोस्रो र सिस्नेरी “ए“ टिमले तेस्रो स्थान हात पारेको छ । विजेता बनेको नाटेस्वरी युवा क्लबले उपाधिसहित नगद ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता लालिमा युवा क्लब नगद ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र र तेस्रो भएको सिस्नेरी “ए“ टिम ले नगद २० हजार ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ ।

नाट्श्यवरी युवा क्लब सुलिकोटको आयोजनामा १५ कार्तिकदेखि सञ्चालन भएको प्रतियोगितामा पालिकाको ५ बटै वडाका१० टिमले सहभागी जनाएका थिए । ईन्द्रसिं लामाको सभात्तयक्षतामा भएको पुरस्कार वितरण समारोहको प्रमुख अथिति इन्द्रसरोवर गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत प्रलाद कार्की रहेका थिए । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष सुमन श्रेष्ठको विशेष आतिथ्यतामा भएको कार्यक्रममा १ नम्बर वडाका निबर्तमान वडा अध्यक्ष जमानसिं लामा, वडा सदस्य वुद्धीराम लामा, सामाजसेविहरु राजेश बाबू सापकोटा, कृष्ण बहादुर लामा, दिल बहादुर लामा, बुद्धिमान स्याङ्तान, वीर बहादुर बललगायत रहेका थिए ।

पालिका प्रेस
थप जानकारी