छैटौं विनयबाबु बस्नेत स्मृति जिल्लास्तरीय रनिङ शिल्ड भलिबलको उपाधी मंगलेश्वर युवा क्लव थाहा नगरपालिका २ भाङखोरियाले हात पारेको छ । मकवानपुरको थाहानगर को फाँटबजारमा २७ कार्तिकबाट शुरु भएको प्रतियोगिताको फाइनलमा आयोजक विनयबाबु स्मृति प्रतिष्ठानलाई ३–० को सोझो सेटमा पराजित गर्देै मंगलेश्वरले उपाधी चुमेको हो।

मंगलेश्वरले आयोजक विनयबाबुलाई २५–१९, २५–२२ र २५–२३ को सोझो सेटमा पराजित गरेको हो । उपाधी संगै मंगलेश्वरले नगद ५५ हजार ५ सय ५५ रुपैया नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाएको छ । त्यस्तै उपबिजेता आयोजकले २८ हजार ८ सय ८८ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । बिजेता खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई प्रमुख अतिथी मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनीधिसभा सदस्य महेश बर्तौला तथा थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर बिष्टले पुरस्कार प्रदान गरेका थिए।

प्रतियोगितामा उत्कृष्ट पाँच विधा अन्तर्गत उत्कृष्ट खेलाडी मंगलेश्वरका बलराम सुवेदी, उत्कृष्ट डिफेन्डर रोशन गोपाली, उत्कृष्ट स्पाइकर कुशल लामा र उत्कृष्ट सेटर उत्सव आले तथा उत्कृष्ट नव प्रतिभा खेलाडी सुजल कार्की हुन सफल भएका थिए । विधाथच उत्कृष्टता हासिल गरेका खेलाडीहरुलाई नगदसहित मेडल प्रदान गरिएको थियो । विनयबाबु स्मृति प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीको सभाध्यक्षतामा भएको पुरस्कार वितरण तथा समापन समारोहमा प्रमुख अतिथी संघीय सांसद महेश वर्तौला रहेका थिए ।

कार्यक्रममा थाहा नगर प्रमुख बिष्णु बहादुर बिष्ट, वडा नम्बर १ का अध्यक्ष हेरमान गोपाली, २ नम्बर वडाध्यक्ष बम बहादुर सिङतान, ३ का हिरेन्द्र रायमाझी, ५ का बिष्णु बहादुर गुरुङ, ७ का शिवराज थिङ, नेकपा एमालेका नगर अध्यक्ष अच्युत्तम प्रसाद ढकाल, माओवादी नगर सचिव लक्ष्मण बिष्ट ,थाहा नगर भलिबल संघका अध्यक्ष वसन्त गोपाली, थाहा नगर खेलकुद विकास समितिका सदस्य सचिव अनिल लामिछाने, पालुङ जेसिजका अध्यक्ष संगम कार्की, जनकल्याण माबिका प्रधानाध्यापक सानोभाइ कार्की, जिल्ला भलिबल संघका महासचिव सन्तोष श्रेष्ठ, प्रतिष्ठानका संस्थापक बिजयबाबु बस्नेत, विनयबाबुका बुबा बिष्णु बहादुर बस्नेतलगाएतको उपस्थिति रहेको थियो।

पालिका प्रेस
थप जानकारी