स्वास्थ्य बीमा बोर्डको निर्णयअनुसार हेटौंडा अस्पतालले दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि लागि दिन सुरु गरेको छ । अस्पतालमा स्वास्थ्य बीमाको सुविधाबाट लामो समय औषधि खानेलाई तीन महिनाको औषधि एकैपटक दिने व्यवस्था गरिएको हो ।

स्वास्थ्य बीमा बोर्डको पत्रअनुसार बीमा कार्यक्रममार्फत सेवा लिनेलाई विगतमा एक महिनाको औषधि दिने गरिएकामा पुस ४ गतेदेखि आवश्यकतानुसार तीन महिनासम्मको औषधि दिने व्यवस्था मिलाइएको हेटौंडा अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.रामचन्द्र सापकोटाले जानकारी दिए । उनकाअनुसार उच्च रक्तचाप मधुमेह, हाइपरटेन्सन, थाइराइडजस्ता दीर्घरोगको औषधि नियमित खानुपर्ने बिरामीलाई यसअघि एकपटकमा एक महिनाका लागि चिकित्सकको सिफारिसमा औषधि दिँदै आइएकामा अब तीन महिनाको लागि दिने व्यवस्था गरिएको छ ।

त्यस्तै एकपटक रेफर भई आएका सेवाग्राहीलाई सोही रोगको फलोअप गर्दा पुनः रेफर नचाहिने व्यवस्था समेत मिलाइएको उनले बताए । १ सय १० शैयाको क्षमतामा काम गर्दै आएको हेटौंडा अस्पतालले हाल दैनिक एक हजार सय बढी सेवाग्राहीलाई सेवा दिँदै आएको छ । ६२ जना डाक्टरमार्फत बालरोग, हाडजोर्नी, नसा, नाक, कान, घाँटी, छाला, न्युरो, डेण्टल, गाइनो, होमियोप्याथिक, जनरल फिजिसियन सेवा दिँंदै आएको छ ।

पालिका प्रेस
थप जानकारी