मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको वित्तिय प्रगती २५ दशमलव १८ प्रतिशत रहेको जानकारी दिइएको छ । पालिकाको ५ माघमा सम्पन्न १० औं नगरसभामापालिका उपाध्यक्ष मानकुमारी नेपाली पाख्रिनले यस्तो जानकारी दिएकी हुन् । पाकिाले चालु आर्थिक वर्षको हालसम्मको अवधिमा अनुमानित कुल आयको ४३ दशमलव ३ प्रतिशत लक्ष्य हासिल गरेको छ ।

मकवानपुरगढीको वडा नम्बर ८ स्थित बुढिचौरमा आयोजित गाउँसभाले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमा केही संशोधन गर्दै पारित गरेको छ । चालु आर्थिक वषर््ाको बजेटको केही शीर्षकमा चार करोड २६ लाख ३६ हजार बजेट कटौती तथा केही शीर्षकका बजेट थपसहित गाउँसभाबाट पारित गरिएको पालिकाले जनाएको छ ।

चालु आर्थिक वर्षका लागि गाउँसभाले गत असारमा ७२ करोड ८२ लाख २ हजार ४६९ रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो । सोही अनुरुप केही बजेट अपुग रहने भएकाले गाउँपालिकाका उपाध्यक्ष मानकुमारी नेपाली पाख्रीनले सभामा प्रस्तुत गरेको बजेट संशोधन प्रस्ताव पारित भएको हो ।

गाउँसभामा अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयक संशोधन गर्न पालिकाको पूर्वाधार विकास समितिका संयोजक एंव वडा नम्बर २ अध्यक्ष बखानसिं पाख्रीनले पेश गर्नुभएको प्रस्तावलाई अर्थ समितिका संयोजक एवं वडा नम्बर ६ का अध्यक्ष कृष्णप्रसाद बजगाईले सर्मथन गरेपश्चात प्रस्तावहरु पारित भएको हो ।

पालिका प्रेस
थप जानकारी