मकवानपुरको थाहा नगरपालिकाले नकुहिने कृषिजन्य फोहोर व्यवस्थापन सम्बन्धी काम शुरु गरेको छ । बढ्दो कृषि आधुनिकीकरणसंगै छरफस्ट रुपमा रहेको कृषिजन्य फोहोर संकलनमा पालिकाले कार्ययोजनासहित काम थालेको हो । पालिकालेले प्रयोग भैसकेको मल्चिङ प्लाष्टिक, टनेल प्लाष्टिक, विषादीको खोल÷बट्टा ग्रिन नेटलगायतको नकुहिने फोहोर व्यवस्थापन सम्बन्धी काम थालेको हो ।

नगरपालिकाको कृषि विकास शाखाले ५ माघमा सूचना जारी गर्दै किसानहरुलाई कृषिजन्य फोहोर जथाभावी नफाल्न अनुरोध गरेको छ । पालिकाले तत्कालका लागि यहि माघ ७ देखि १२ गतेसम्म त्यस्ता फोहोर संकलन गर्न सवारी साधनको व्यवस्था गरेको कृषि विकास शाखा प्रमुख सञ्जय तिवारीले जानकारी दिए ।

सूचना अनुसार माघ ७ गते वडा नम्बर १ को कुन्छाल, कुलगाउँको वडा कार्यालयबो बाटो, ८ गते २ नम्बर वडाको महादेवस्थान फेदीगाउँ क्षेत्र, ९ गते ३ नम्बर वडाको बाघेखोला, बागेश्वरी सहकारी अगाडि तथा गोपाली गाउँ शिखरकोट, १० गते ६ नम्बर वडाको भटुवाल थहचोक पापुङ, ११ गते ६ नम्बर वडाके लिलाखेल, सरस्वती बजार, कलम्बुफाँट र १२ गते १० नम्बर वडाको माथ्लो विसिङ्खेल, तल्लो विससिङ्खेल, न्हुलगाउँ, टौखेल, अम्पुडोल कलाँटु क्षेत्रमा कृषिजन्य नकुहिने फोहोर संकलन हुने कृषि विकास शाखाले जनाएको छ ।

पालिकाले कृषिजन्य फोहोर संकलनका लागि सम्पर्क गर्न सावरी चालक विजय गोपालीको ९८४५४६४००३ मोबाइल नम्बर पनि सार्वजनिक गरेको छ ।

दिनेश दर्पण
थप जानकारी