मकवानपुरको कैलाश गाउँपालिकाले १३ ओैं गाउँसभाले कर्मचारी संगठन संरचना र स्थानीय वन ऐन स्वीकृत गरेको छ । पालिकाको अधिवेशनले ४ वटा प्रस्तावमाथि छलफल भई पारित गरिएको छ । गाउँसभामा उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले चालू आर्थिक वर्षमा १ करोड ११ लाख आन्तरिक आय प्रक्षपण गरेकोमा पुस मसान्तसम्म २० लाख मात्र प्राप्त भएको सभालाई जानकारी गराए ।

गाउँपालिकाले चालू आर्थिक वर्षमा २७ करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा गाउँसभामा २८ करोड ५१ लाख रुपैयाँको संशोधित अनुमान प्रस्तुत गरेकोमा सर्वसम्मत पास भएको छ । पालिकाको ८७ लाख बजेट संशोधन गरी बढाइएको छ । गाउँसभामा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले पेश गरेको नामटार कालिकाटार सडक आयोजनाको भेरियसनसम्बन्धी प्रस्ताव पनि पारित गरिएको छ ।

अधिवेशनको अवसरमा विभिन्न क्षेत्रमा योगदान गर्ने तथा उत्कृष्ट कर्म गर्ने व्यक्तित्वलाई सम्मानसमेत गरिएको छ । कैलाश गाउँपालिकाको वृहत्तर हित, प्रगतिशिल विकास र सुशासनको सवालमा पत्रकारिताको माध्यमबाट योगदान गरेको भन्दै प्रदेश सञ्चार डटकमका सम्पादक केशव समर्पणलाई नगद पाँच हजार रुपैयाँसहित सम्मान गरिएको छ । कैलाश सेवा पुरस्कारबाट पालिकामा प्राविधिक शाखामा कार्यरत ईञ्जिनियर महेश केसी र असिस्टेन्ट सब ईञ्जिनियर नरेन्द्र दत्त भट्ट, एमआइएस अपरेटर उमेश कुमार मुक्तान, वडा सचिव शशिकला सिन्तान, निरश मुक्तान पशु प्राविधिक, कार्यालय सहयोगी अनिल प्रजा, अहेब विश्वप्रकाश सिंह, अहेब जयप्रकाश कुमार साह, विद्यालय स्टाफ नर्स विन्दा तितुङ, प्रधानाध्यापक श्यामबहादुर सिन्तान, शिक्षक दीपकुमार चेपाङ, शिक्षक ध्रुबराज बिष्ट, बाल विकास शिक्षक शुक्रबहादुर प्रजा र विद्यालय सहयोगी सिताराम सुनार पुरस्कृत भएका छन् ।

यस्तै राष्ट्रपति रिनङशिल्ड प्रतियोगितामा २०८० को हाइजम्पतर्फ संवरण पदक विजेता गोमा बर्ताैला र तेक्वान्दो तर्फ स्वर्ण पदक विजेता अनिशा विकलाई पाँच हजार रुपैंया नगद सहित सम्मान गरिएको छ । एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने कालिका माविका विमशा घिसिङ र प्रेम सुनार, कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने सोहि विद्यालयकी निर्मला हिम्डुङ र एसइइ परिक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल कैलाश २ को कमला देवी माविका प्रधानाध्यापक राम एकवाल राय यादव समेत सम्मानित भएका छन् ।

यस्तै गएको आर्थिक वर्षको उत्कृष्ट उपभोक्ता समितिको रुपमा कैलाश वडा नम्वर १ को क्यूरेनी वर्ष भवन निर्माण समिति र ४ नम्वर वडा घेराबार तथा मर्मत समिति सम्मानित भएका छन् ।

८ जना चेलीलाई सम्मान

बाल बिवाह न्युनीकरणमा विभिन्न कार्यक्रम गरिरहेकाे गाउँपालिकाले कक्षा १२ उत्तीर्णका साथै २० वर्ष उमेर पुगी बिवाह गर्ने ८ जना चेलीलाई प्राेत्साहनस्वरुप सम्मान गरेकाे छ । बजेटमै चेली प्राेत्साहन कार्यक्रम उल्लेख गरी कार्यान्वयन गरेकाे गाउँपालिकाले गाउँसभाकाे अवसरमा ८ जना चेलीलाई प्रतिव्यक्ति २० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेकाे हाे ।

सम्मानित हुनेहरुमा वडा नम्वर १० निवासी सम्झना स्यांतान, वडा नम्वर ६ निवासी गाेमा थाेकर, वडा नम्वर ९ निवासी राममाया विश्वकर्मा, गंगा घिमिरे, सजिना शिवाकोटी, अमिरा थापा, पार्वति बर्ताैला, राधिका कालाखेती रहेका छन् । बालविवाह कम गर्नुका साथै शिक्षामा अब्बल बनाउन गाउँपालिकाले हरेक वर्ष प्राेत्साहन कार्यक्रम गरिरहेकाे गाउँपालिकाका अध्यक्ष लाेकबहादुर मुक्तानले बताए ।

पालिका प्रेस
थप जानकारी