आगामी फागुन २८ गते हुने नेकपा एमालेको नगर अधिवेशनका लागि थाहा नगरपालिका वडा नम्बर ११ बाट ८ जना प्रतिनिधि चयन भएका छन् । ४ फागुनमा भएको वडा अधिवेशनले एक महिलासहित ८ जना प्रतिनिधि चयन गरेको हो । खुल्ला तर्फका प्रतिनिधिहरुमा सुर्यबहादुर दोङ, राजकपुर बल, राजबहादुर स्याङ्तान, देवलाल मोक्तान, मानबहादुर मुक्तान, विक्रम गोले, सुजन गोले सर्वसम्मत चयन भएका छन् । यसैगरी महिला प्रतिनिधिमा सुनिता दोङ सर्वसम्मत भएका छन् ।

अधिवेशनले राजकपुर बलको अध्यक्षतामा वर्तमान वडा कमिटीलाई नै सर्वसम्मत चयन गरेको छ । वडा कमिटी अध्यक्ष राजकपुर बलको अध्यक्षतामा भएको अधिवेशनमा एमाले जिल्ला सदस्य सुरेन्द्रमान प्रधान, सुनिता दोङ, युवराज गोले, एमाले थाहानगर अध्यक्ष अच्युतम प्रसाद ढकाल, नगर अधिवेशन आयोजक कमिटी सदस्यहरु सुजन कुमार रायमाझी, गुप्त बहादुर कार्की, अशोक खाती, सुर्यबहादुर दोङलगायतको आतिथ्यता थियो ।

यसैगरी फागुन ५ गते वडा नम्बर २, ६ र १२, ८ गते वडा नम्बर १०, ९ गते वडा नम्बर ३, १० गते वडा नम्बर ८, ११ गते वडा नम्बर ५, १३ गते वडा नम्बर ४, १४ गते वडा नम्बर ९ र १ को र फागुन १५ गते वडा नम्बर ७ को वडा अधिवेशनहरु हुँदैछ । अधिवेशनले वडा कमिटी पुर्नः गठन र नगर अधिवेशन प्रतिनिधि चयन गर्नेछ ।

प्रति ७ सदस्य १ प्रतिनिधि र ५० प्रतिशत थप सदस्य बराबर थप १ प्रतिनिधि, ३ महिला बराबर १ र दलित सबै प्रतिनिधि हुने व्यवस्था गरेको छभने जनवर्गीय संगठनहरुबाट ३÷३ जना प्रतिनिधि छनौट हुनेछन् भने कुल प्रतिनिधिको ५ प्रतिशत प्रतिनिधि नगर आयोजक कमिटीले मनोनित गर्ने व्यवस्था गरेको छ ।

पालिका प्रेस
थप जानकारी