मकवानपुरको राक्सिराङ गाउँपालिका जाने मनहरी–चैनपुर सडकको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लसहितको टोलीले अनुगमन गरेको छ ।

पालिका उपाध्यक्ष निर्मला हिमडुङ, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला र अन्य जनप्रतिनीधी कर्मचारीहरु सहितको टोलीले सडक निर्माणको काम सुस्त भएपछि अनुगमन गरिएको पालिका अध्यक्ष मल्लले बताए । सम्झौताको १४ महिनाभित्र सडक पिच समेत गर्ने गरी डि.एस. कन्सट्रक्शनले निर्माण ठेक्का पाएको योजना १३ करोडमा पालिकासंग सम्झौता भएको हो ।

निर्माण पश्चात् पालिका अध्यक्ष मल्लले समयमै काम सक्न र गुणस्तरीय कार्य गर्न निर्देशन दिएका छन् ।

पालिका प्रेस
थप जानकारी