प्रहरी कर्मचारी समायोजन समिति गठन भएको छ । प्रहरी कर्मचारी समायोजन सम्बन्धी कार्य सम्पन्न गर्न गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुखको संयोजकत्व पाँच सदस्यीय समिति गठन भएको हो ।

समितिमा गृह मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सहसचिव सह–संयोजक, प्रहरी प्रधान कार्यालयका प्रहरी नायव महानिरीक्षक र मन्त्रालयका उपसचिव सदस्य तथा मन्त्रालयका प्रहरी कर्मचारी प्रशासन शाखाका उपसचिव सदस्य सचिव रहेका छन् ।

गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणरप्रसाद भट्टराईले शुक्रबार विज्ञप्ति निकालेर प्रहरी कर्मचारी समायोजनसम्बन्धी काम सुरु भएको जानकारी दिएका छन् ।

पालिका प्रेस
थप जानकारी