पालुङ जेसीजका पूर्व अध्यक्ष सुरेन्द्रमान प्रधानलाई बोर्ड सल्लाहकारमा मनोनीत भएका छन् । नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय अध्यक्ष रबिन पोखरेलले प्रधानलाई नेपाल जेसिसजको परिच्छेद ८ को धारा ८.४ अनुसार सल्लाहकारमा मनोनित गरेका हुन् ।

वर्ष २०२४ को जेसीज अभियानलाई सफल बनाउन, समय सापेक्ष उत्कृष्ट एवं उपलब्धिमुलक कार्यक्रमहरु सञ्चालन गरी युवाहरुको अन्तरनिहित प्रतिभालाई प्रशिक्षणको माध्यमद्वारा प्रष्फुटन गराई सार्थक परिणाम सहित कुशल नेतृत्व तथा सवल व्यक्तित्व विकासमा योगदान पुरÞ्याउने उद्देश्यका साथ यस वर्ष नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष प्रकरण इनिसियट, इनोभेटिभ, इम्प्याक्ट रहेको विषयलाई प्रभावकारी बनाउने राष्ट्रिय अध्यक्षको उद्देश्य रहेको पालुङ जेसीजका अध्यक्ष निरज रायमाझीले जानकारी दिए ।

पालुङ जेसीज वर्ष २०१० का अध्यक्ष प्रधानले यस अघि पनि नेपाल जेसीजका विभिन्न वर्षहरुमा विभिन्न पदमा रहेर काम गरिसकेका छन् ।
यसैगरी पालुङ जेसीज वर्ष २०२३ का अध्यक्ष संगम कार्की ‘चिल्ड्रेन एन्ड युथ कमिसन’को सदस्यमा मनोनीत भएका छन् । पालुङ जेसीजका अध्यक्ष रायमाझीले दुवै मनोनीतले पालुङ जेसीजको उचाई समेत बढेको बताउदै बधाई दिएका छन् ।

पालिका प्रेस
थप जानकारी