प्रहरीले मकवानपुरको थाहा नगरपालिका–९ टिपटारबाट अवैध लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ परेको छ । प्रहरीका अनुसार–‘चरेस जस्तो देखिने १० किलो ६ सय ९० ग्राम, गाँजा जस्तो देखिने २ किलो ८ सय १४ ग्राम र करिब १ किलो २ सय ७८ ग्राम तौलको संरक्षित जनावर सालकको खपटासहित २ जनालाई पक्राउ गरिएको छ ।’

पक्राउ पर्नेहरूमा थाहा नगरपालिका–७ डाँडाबास घर भई चित्लाङमा डेरा गरी बस्ने ३५ वर्षीय दिलु भन्ने टेक बहादुर गोले, टेक बहादुरकै भतिज नाता पर्ने ३० वर्षीय गब्रे भन्ने दिलिप कुमार गोले रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चित्लाङ र ईलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक श्याम थापा मगरको कमाण्डमा खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागूऔषध र सालकको खपटा फेला पारी तीनै जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पालुङ,ले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ।

पालिका प्रेस
थप जानकारी