नेकपा एमाले थाहा नगरपालिका वडा नम्बर ६ को वडा अधिवेशनबाट पुनः मनहरी भट्टको अध्यक्षतामा वडा कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा सुमित्रा लामा, सचिव विजय श्रेष्ठ, उपसचिव सुदर्शन सिं ठकुरी, जानकी श्रेष्ठ चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा नानु मिजार, राजकुमार विडारी, बालकुमारी गोपाली, कृष्ण प्रसाद बलामी, महेश गोले, रबिन्द्र महर्जन, भिमसेन बलामी र आत्माराम थिङ चयन हुनु भएको छ ।भएका छन् । वडा कमिटी अध्यक्ष भट्टको अध्यक्षता तथा जिल्ला कमिटी सदस्य एवम थाहा नगर सह–इञ्चार्ज शशीधर सुवेदीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले आगामी नगर अधिवेशनका लागि खुल्ला तर्फ १० र ५ महिला सहित १५ जना प्रतिनिधि चयन गरेको छ ।

खुल्ला तर्फ मनहरी भट्ट, महेन्द्र बलामी, बाबुराम बलामी, सुदर्शनसिं ठकुरी, दिपक विडारी, कृष्ण बलामी, बिष्णु बहादुर बलामी, जनकमान बलामी, श्रीकृष्ण विडारी र विष्णु अधिकारी छन । यसैगरी महिला प्रतिनिधितर्फ यशोधा अधिकारी, कल्पना बलामी, बिन्दु महर्जन, सोनु श्रेष्ठ र रामदेवी गोपाली चयन भएका छन् ।

पालिका प्रेस
थप जानकारी