नेकपा एमाले थाहा नगरपालिका वडा नम्बर १२ को अध्यक्षमा राजकुमार मुक्तान निर्विरोध भएका छन् । ५ फागुनमा तारुका डाँडामा भएको एमाले वडा अधिवेशनले मुक्तानको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी पुर्नगठन भएको हो ।

कमिटीको उपाध्यक्षमा सुकराज आले मगर, सचिवमा सुकराम गोले, उपसचिवमा रामकृष्ण स्याङ्तान र राजेन्द्रकुमार लामा, सदस्यहरुमा सोम बहादुर थिङ, कुमार स्याङ्तान, राजकुमार स्याङ्तान, सुकराम बल, सुकराम स्याङ्तान, सानो प्रेमबहादुर आले मगर, गोपाल स्याङ्तान, जितबहादुर गोले, चित्र बहादुर तामाङ, पुर्ण बहादुर घले, हरिबहादुर स्याङ्तान, निशा दोङ मोक्तान, सेतीमाया वाइवा र सुकमाया स्याङ्तान निर्विरोध हुनु भएको छ ।

नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई जिल्ला कमिटी सदस्य एवम् थाहा नगर सह–इञ्चार्ज सुरेन्द्रमान प्रधानले पद तथा गोपनीयताको शपथ गराएका थिए । अधिवेशनले नगर अशिवेशनकालागि खुल्ला तर्फ ९ जना, महिला १ जना र ५ जना दलित प्रतिनिधि छनौट गरेको छ ।

खुल्लातर्फ युवराज गोले, मानन स्याङ्तान, राजकुमार मुक्तान, माइते स्याङ्तान, मानबहादुर स्याङ्तान, प्रेमबहादुर आले मगर क, मेहर सिं स्याङ्तान, सन्चे स्याङ्तान र मंगल बहादुर स्याङ्तान छनौट हुनु भएको छभने महिलातर्फ माइली गोले छनौट हुनुभएको छ । यसैगरी वडाका सबै दलित सदस्यहरु प्रतिनिधि छनौट भएका छन् । १२ नम्बर वडाबाट कमल सुनार, जय बहादुर सुनार, आशिष सुनार, नानीमाया विश्वकर्मा र दिपक सुनार छानिएका छन् ।

अधिवेशनमा जिल्ला सदस्य युवराज गोले, नगर सदस्य मानन स्याङ्तानलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सञ्चे स्याङ्तानको अध्यक्षतामा भएको थियो भने सुवास गोलेले सञ्चालन गरेका थिए ।

पालिका प्रेस
थप जानकारी