नेकपा एमाले थाहा नगरपालिका वडा नम्बर २ को वडा अधिवेशनले विष्णुहरी थापाकै अध्यक्षतामा वडा कमिटी पुर्नगठन भएको छ । ५ फागुनमा फाटबजारमा भएको वडा अधिवेशनले थापा कै अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी पुर्नगठन भएको हो । कमिटीको उपाध्यक्षमा रमण श्रेष्ठ, सचिवमा रमेश कार्की, उपसचिवमा मिनप्रसाद ढकाल र दिपक राना मगर निर्विरोध भएका छन् ।

कमिटीको सदस्यहरुमा विक्रम श्रेष्ठ, राजु प्रसाद ढकाल, सुरेश ढकाल, राजु कार्की, किरण थापा, श्यामकुमार कार्की, बालकृष्ण कार्की, बेलबहादुर तामाङ, शोभा तामाङ, तुलसी सुनार, सर्मिला ढकाल, उर्मिला कार्की, अभिनाष ढकाल, मेनुका ढकाल, राजु विष्ट, बिनायक कार्की, नम्रता विष्ट थापा, हरेराम विडारी, सन्जिव श्रेष्ठ र राजु थापा निर्विरोध निर्वाचित भएका हुन् ।

विष्णुहरी थापाको अध्यक्षता तथा एमाले पालुङका संस्थापक नेता जंगली राजकुमार प्रधानको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा जिल्ला कमिटी सदस्य कल्पना बलामी, नगर कमिटी अध्यक्ष अच्युतम प्रसाद ढकाल, पूर्व प्रदेश कमिटी सदस्य श्यामभक्त श्रेष्ठ, पूर्व जिल्ला कमिटी सदस्य बिमल कुमार ढकाल, सगुन कुमार ढकाल, नगर अधिवेशन आयोजक कमिटी सदस्यहरु मधुकर विक्रम श्रेष्ठ, गुप्त कार्की, सिताराम थापा, पुरुषोत्तम ढकाल, तुलसा विष्ट, क्युपेक नेपालका अध्यक्ष प्रताप राईलगायतको आतिथ्यता रहेको थियो ।

अधिवेशनमा नेकपा माओवादीका तत्कालीन पालुङ गाउँ कमिटी सचिव अभिनाष ढकाल लगायत विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेकाहरुलाई स्वागत गरिएको थियो । अधिवेशनले नगर अधिवेशनका लागि प्रतिनिधि छ्नौटको काम भने ५ फागुनमै टुङ्याउन सकेन । महिला र दलितमा सर्वसम्मत प्रतिनिधि छनौट गरेको २ नम्बर कमिटीले आवश्यक १५ जना प्रतिनिधिमा ३२ जनाको उमेवदारी परेको छ । ५ फागुनमा नै प्रतिनिधि छनौट गर्न नसकेपछि ६ फागुनमा पुनः प्रक्रिया गरिने वडा इञ्चार्ज मधुकर विक्रम श्रेष्ठले जानकारी दिए ।