मकवानपुर थाहा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष राजनभक्त श्रेष्ठ सवार कार त्रिभुवन राजपथको उर्लेनी मोडमा दुर्घटनामा परेको छ । दिउँसो करिब ४ बजे हेटौंडाबाट थाहानगर फर्कने क्रममा कार अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
अध्यक्ष सवार ग ३ च ६७८ नम्बरको कार सडक बाट ५०–६० मिटर तल खसेको भैसे प्रहरीले जनाएको छ । दुर्घटनामा परी अध्यक्ष राजनभक्त श्रेष्ठ र उनको बुबा सामान्य घाइते भएका छन् । घाइते दुवैको हेटौंडा अस्पतालमा उपचार भैरहेको छ । घाइते दुवै जनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । आफ्नो अवस्था सामान्य रहेको अध्यक्ष श्रेष्ठले फेसबुक मार्फत पनि सन्देश दिएका छन् ।

अस्पतालमा उपचार पश्चात् अध्यक्ष श्रेष्ठ कप समाउँदै । साथमा थाहानगर उपप्रमुख भरत गोपाली, ३ नम्बर वडाध्यक्ष हिरेन्द्र रायमाझीलगायत ।













































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्