मकवानपुरको बकैया गाउँपालिकाले १७ फागुनमा शोक विदा दिएको छ । बकैयाको–७ का वडा सदस्य रामकुमार तितुङको निधन भएकोले शोक विदा दिएको पालिकाले जनाएको छ । सदस्य तितुङको बिजुलीको पोलले किचेर निधन भएको हो ।

पोल ढलेर लाग्दा वडा सदस्य ४० वर्षीय रामकुमार तितुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन् । १५ फागुन दिउँसो आफ्नै घर अगाडि हिँडिरहेको अवस्थामा बिजुलीको पोलले लागेर घाइते भएका उनको हेटौँडास्थित चुरेहिल अस्पतालमा लगिएको थियो ।

तर उपचार सम्भव नभएपछि भरतपुर मेडिकल कलेज लगिएकामा उपचारका क्रममा मृत्यु भएको पालिकाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी