मकवानपुरको भिमफेदी गाउँपालिका वडा नंबर– २ स्थित भैसे चेकपोष्ट सडकमा भिमफेदीबाट ४५ केजी ६० ग्राम चरेश सहित दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भिमफेदीबाट हेटौडातर्फ आउदैं गरेको ना ४ ख ६०९१ नंबरको यात्रुवाहक बसमा सवार मकवानपुर भिमफेदी गाउँपालिका वडा नंबर–१ बस्ने ३० वर्षिय नवराज तामाङ र थाहा नगरपालिका वडा नंबर–८ बस्ने ३० वर्षिय बिमल स्याङतानलाई शंका लागि खानतलासी गर्दा उनीहरुको साथबाट चरेश फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनीहरुहरुले बोकेको झोला भित्र लुकाई छिपाई गरी ल्याएको अवस्थामा ४५ किलो ६० ग्राम लागूऔषध चरेश फेला परेको र उनीहरुलाई पक्राउ गरि अदालतमा म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी