टेलिचलचित्र ‘नलेखिएको कथा’को थाहा नगरपालिका स्थित डाँडा घरे बा को होमस्टे फाँटबजारमा मुहूर्त गरिएको छ । प्रभाकर देव शर्माको निर्देशनमा निर्माण हुन लागेको उक्त टेलिचलचित्रको १७ फागुनमा मुहूर्त गरिएको हो । पूजाआजासहित थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीबाट भएको मुहूर्तमा फिल्मका प्रमुख कलाकार अशोक शिवाकोटी र मन्जु श्रेष्ठले मुहूर्त सट दिएका थिए ।
हिल्स होम थियटर एण्ड प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने टेलिफिल्मको छायाङ्कन थाहानगरको डाडाँघरे बाको होमस्टे वरपर हुनेछ । धाराबाहिक टेलिचलचित्र ‘नलेखिएको कथा’मा अशोक सिवाकोटी, स्नेहा क्षेत्री, राजन थापा, मन्जु श्रेष्ठ, राजकुमार ब्लोनलगायतका स्थानीय कलाकारहरुको अभिनय रहने निर्माण टिमले जनाएको छ ।

टेलिचलचित्र नलेखिएको घाउमा जातिय छुवाछूतको कथा रहेको निर्देशक प्रभाकर देव शर्माले जानकारी दिए । टेलिचलचित्रमा राजन थापाको कथा लेखन, ओम आवस्थीको छायाङ्कन, रुपा मानन्धरको श्रिङ्गार तथा रविन्द्र कुमार शाहीको मुख्य सहायक निर्देशन रहनेछ ।
थाहा नगरपालिकाको २ नम्बर वडा सदस्य युवराज बिष्टको अध्यक्षता तथा थाहानगर उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको मुहूर्त समारोहमा वडा नम्बर २ का अध्यक्ष बम बहादुर सिङ्तान, थाहा फिल्म फेस्टिभलका संयोजक प्रमोदकृष्ण जोशी, थाहानगर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्रमान प्रधान, बलिदान लामा लगायतकाले शुभकामना दिएका थिए । समारोहमा थाहा नगरपालिकाका सामाजिक विकास अधिकृत अनिल लामिछाने, सूचना अधिकृत सुरजकुमार भुजेल, थाहा फिल्म फेस्टिबलका सह संयोजक राजिव कुमार स्याङ्तान,लगायतका उपस्तिथिती रहेको थियो।

मुर्हत समारोहमा शुभकामना दिदै उपप्रमुख भरत गोपालीले थाहा नगर चलचित्र छायांकन गर्नको लागि उपयुक्त स्थल छनौट गर्नुभएकोले फिल्मकर्मी हरुलाई धन्यवाद दिदै फिल्मकर्मी हरुको आगमनले नगरको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए । टेलिचलचित्र नलेखिएको कथाको १० भाग यहीँ छायांकन गरिने र अन्य चलचित्रकर्मीलाई पनि थाहा नगर चलचित्र छायांकनको उपयुक्त स्थल भएको सन्देश प्रवाह गर्ने चलचित्रका निर्देशक तथा कलाकार प्रभाकर देव शर्माले बताए ।













































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्