मकवानपुरका अधिकांश स्थानीय तहहरुले तीन/तीन महिनामा आफ्नो प्रगती तथा क्रियाकलाप सार्वजनिक नगरेको पाइएको छ । यद्यपि जिल्लाको थाहा नगरपालिकाइन्द्रसरोवर गाउँपालिकाले भने सार्वजनिक गरिरहेका छन् ।

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ३ बमोजिम हरेका सार्वजनिक निकायले तीन/तीन महिनामा कार्यालयले सम्पादन गरेको क्रियाकलाप र प्रगतीसहितको विवरण सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । थाहा र इन्द्रसरोवरले चालु आर्थिक वर्ष २०८०/०८१ को दुई त्रैमासिककै प्रगती सार्वजनिक गरेका छन् । थाहा नगरपालिकाले पछिल्लो पटक १० माघमा नगरपालिकाका सूचना अधिकारी सुरज कुमार भुजेलले पालिकाको वेभसाइट मार्फत विवरण सार्वजनिक गरेका हुन भने इन्द्रसरोवर गाउँपालिकाका सूचना अधिकारी दिपक चापागाइले विवरण सार्वजनिक गरेका छन् ।

दुई पालिकाको शाखागत विवरण सहित सार्वजनिक गरिएको उक्त विवरणहरु पालिकाको अफिसियल फेसबुकमा पनि सार्वजनिक गरिएको छ । सूचनाको हक सम्बन्धी ऐन बमोजिम हेटौंडा उपमहानगरपालिकासहित भीमफेदी गाउँपालिका, मकवानपुरगढी, बागमती, बकैया, मनहरी, कैलाश र राक्सिराङ गाउापालिकाले तीन÷तीन महिनामा विवरण सर्वाजनिक नगरेका हुन् ।

जिल्लाका सार्वजनिक तह र निकायहरुलाई तीन÷तीन महिनामा कार्यालयहरुबाट सम्पादित क्रियाकलापको विवरण सार्वजनिक गर्नका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले समेत ताकेता गरेको छ । गत २५ पुसमा प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाइको अध्यक्षतामा बसेको जिल्लाका सूचना अधिकारीहरुको बैठकले १० माघ भित्र विवरण सार्वजनिक गर्ने निर्णय समेत भएको थियो । निर्णय कार्यान्वयन नभएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले पालिकाहरुलाई निर्णय कार्यान्वयन गर्न अनुरोध समेत गरेको छ ।

पालिका प्रेस
थप जानकारी