खुल्ला राष्ट्रिय पुरुष हेटौंडा रन–२०८० को उपाधी काठमाण्डौंका मुकेश पालले जितेका छन् । हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा नगर खेलकुद विकास समितिको आयोजनामा १८ फागुनमा पहिलो पटक हेटौंडामा भएको प्रतियोगितामा निर्धारित ५ किलोमिटरको दुरी १५ मिनेट २२ सेकेन्डमा पार गर्दै पालले उपाधिमाथि कव्जा जमाएका हुन् । उनले नगद ६० हजार रुपियाँ पुरस्कार प्राप्त गरे ।

१८ जिल्लामा ९२ जना प्रतिश्पर्धिलाई पछि पार्दै पालले उपाधि जित्दा जुम्लाका दुर्गाबहादुर बुडा द्धितिय भए । उनले १५ मिनेट २४ सेकेन्डमा निर्धारित दुरी पार गरे । बुडाले द्धितिय हुँदै नगर ५० हजार रुपियाँ प्राप्त गरे । हेटौंडाको मु्ख्य चौक बुद्ध चौकबाट सुरु भएको दौंड पारिजात पथ हुँदै पुनः बुद्ध चौकमा आउँने दौड प्रतियोगितामा काठमाण्डौका सञ्जय श्रेष्ठ तृतिय भए । उनले १५ मिनेट ३० सेकेण्डमा निर्धारित दुरी पार गरेका थिए । श्रेष्ठले नगद ४० हजार रुपियाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा सहभागिता जनाएका मध्य चौथो र पाँचौं भएका काठमाण्डौंका टंक कार्की र दाङका नागेश्वर ऐरीले सन्त्वना पुरस्कार स्वरुप नगद १०÷१० हजार रुपियाँ प्राप्त गरे । प्रतियोगितामा बिजयी भएकाहरुलाई हटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, नगर उपप्रमुख राजेश बानियाँ र प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईले पुरस्कार बितरण गरेका थिए । प्रतियोगितामा सहभागि ९२ मध्य हेटौंडा–२ का ६९ बर्षिय प्रेमजी श्रेष्ठलाई सम्मान गरीएको थियो । पाको उमेरमा पनि खेलप्रतिको लगाब र लगनशिलताका लागि नगर प्रमुख, उपप्रमुखले प्रशंसा गर्दै सम्मान गरेका थिए ।

पालिका प्रेस
थप जानकारी