मकवानपुरको प्रसिद्ध गोरखनाथ मन्दिरमा १४ चैत्रमा मा सामूहिक व्रतबन्ध कार्यक्रम आयोजना गरिएको छ ।

थाहा नगरपालिका वडा नंम्बर ३ मा रहेको गोरखनाथ मन्दिरमा गोरखनाथ कल्याण केन्द्रको आयोजनामा सामुहिक वर्तबन्ध कार्यक्रम आयोजना गरिएको सो संस्थाले जनाएको छ । व्रतबन्ध गर्न चाहने अभिभावकहरुले आफ्ना बटुकहरुको नाम टिपाउन संस्थाले ९८४५८३९२२४ नम्बरमा फोन गर्न अनुरोध गरेको छ । व्रतबन्ध कार्यक्रम विहान १० बजे शुरु हुने जनाइएको छ ।

गोरखनाथ कल्याण केन्द्रले वर्षेनी सामुहिक व्रतबन्धको कार्यक्रम गर्दै आएको छ । कल्याण केन्द्रले अघिल्लो वर्ष २७ माघमा सामूहिक ब्रतवन्धको कार्यक्रम आयोजना गरेको थियो ।

पालिका प्रेस
थप जानकारी