मकवावनपुरको कैलाश गाउँपालिकाले गर्भवती महिलालाई पौष्टिकआहार वितरण गरेको छ । २२ फागुनमा कैलाश गाउँपालिका वडा नम्बर ७, ताम्लाङस्थित ङिको स्थास्थ्यचौकीमा स्थानीय गर्भवती महिलालाई विभिन्न १२ थरीका पौष्टिकप्रर्वद्धन कोसेली वितरण गरिएको हो ।

गर्भावस्थामा उचित पोषणको अभावका कारण आमा र जन्मने नवजात शिशुको स्वास्थ्यमा प्रतिकुल असर नपरोस् भनेर गर्भवती महिलालाई पौष्टिकआहार वितरण गरिएको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । गर्भवती आमा र गर्भमा रहेका बच्चालाई आवश्यक पर्ने कार्बोहाइडेड, प्रोटिन, भिटामिन र मिनरलयुक्त, गेडागुडी, सर्वोत्तम पीठो, हर्लिक्स, बदाम, ओखर, काजु, मासको दाल, कुखुराको अण्डालगायतका पौष्टिक आहार सम्मिलित प्याकेट वितरण गरिएको हो ।

अध्यक्ष मुक्तानका अनुसार, प्रत्येक महिना पालिकाभित्रका सबै वडाका गर्भवती महिलालाई पौष्टिकआहार वितरण गरिँदै आएको छ । पालिकाले विगत ३ दिनमा मात्रै ८० जना गर्भवती महिलाको स्वास्थ्य जाँच गर्नुको साथै पौष्टिक आहारको प्याकेट वितरण गरेको छ ।

त्यस्तै, गर्भवती महिलालाई प्रसुती गराउन अस्पतालसम्म पु¥याउन निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था मिलाइएको छ । प्रसुती गराउन स्वास्थ्य चौकी आउने महिलालाई गाउँपालिकाले ४ हजार ८ सय रुपैयाँ, बच्चा र आमाको लागि न्यानो कपडा र अन्य राहत सामग्री वितरण गर्दै आएको अध्यक्ष मुक्तानले बताए । उनले बालविवाह न्यूनीकरण र मातृ तथा शिशु मृत्युदर रोक्नका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको समेत बताए । कार्यक्रममा कैलाश–७ का वडाध्यक्ष उदासकुमार भोलन, स्वास्थ्य शाखाप्रमुख कृष्णकुमार यादव, रिपोटर्स क्लब नेपाल मकवानपुरका अध्यक्ष बलराम पुडासैनी लगायतको उपस्थिति थियो ।

पालिका प्रेस
थप जानकारी