मकवानपुरको हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामालाई काठमाडौँमा सम्मान गरिएको छ । ११४ औँ अन्तरष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा २४ फागुननमा आयोजित एक कार्यक्रममा चन्द्रलोक प्रतिष्ठानद्वारा नगर प्रमुख लामालाई सम्मान गरिएको हो ।
महिला हिंसा तथा चेलिबेटी बेचबिखन विरुद्ध योगदान पु¥याएकोमा लामालाई नारी सम्मान कार्यक्रममार्फत सम्मान गरिएको जनाइएको छ । कार्यक्रमका अवसरमा महिला हिंसा तथा चेलिबेटी बेचबिखनका विरुद्धमा निर्मित सन्देशमूलक लघु नाटक ‘चेतना’ को विशेष प्रदर्शनी एवम् नारी सम्मान कार्यक्रमका साथमा बृहत साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्