विद्यालय भवन निर्माण अपुरो भएपछि कमलामाई नगरपालिका–१३ काङरिङ्गका स्थानीयले कार्यकाल सकिनै लाग्दा टुपुल्किएका मेयरसँग जस्तापाता र शौचालय माग गरेका छन् । १४ वर्षअघि स्वीकृत पाएको बालज्योति प्राविको हालको भवन कुटीजस्तो मात्र भएकाले पठन–पाठनमा समस्या भएकाले नयाँ भवनमा छाना र शौचालय छुट्टै हुनुपर्ने माग स्थानीयले गरेका हुन् ।
‘कतैबाट नयाँ भवनको योजना परेन, मेयरको ठाडो तोक आदेशमा तीन लाख आयो,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्षबहादुर मोक्तानले भने, ‘जसोतसो गार्हो उठाइएको छ, मेयरसाब चाहियो ।’ नगरपालिकाबाट तीनलाख रुपैंयाँ भवन निर्माणका लागि प्राप्त भएकोमा स्थानीयले श्रमदान गरी पाँच लाखको काम गरिसकेको दाबी गरे । भवनमा अब झ्यालढोकाको पल्ला, छानामा जस्ता लगाउने मुख्य काम बाँकी रहेको छ ।
दुई कोठे भवनमा छाना हालिदिने मेयर खत्रीले आश्वासन दिए । विद्यालयमा २५ जना बालबालिकाहरु रहेको शिक्षकले जनाएपछि मेयर खत्रीले १,२,३ गरेर गिन्ती गरेका थिए । शिक्षक विद्यार्थी गणना सही भएको मेयर खत्रीले जनाए । एकजना राहत शिक्षक र विद्यालय कर्मचारीले मात्र सबै कक्षा धान्न गार्हो भएको स्थानीयको गुनासो थियो

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्