तनहुँको व्यास नगरपालिकाको शुक्रबार सम्पन्न ३६औँ नगरसभाले चार विधेयक र तीन संशोधन ऐन पारित गरेको छ । स्थानीय बजार व्यवस्थापन विधेयक, २०७८, व्यास नगरपालिका सुशासन विधेयक, २०७८, खेलकुद विकास विधेयक, २०७८ र कर्मचारी कल्याण कोष सञ्चालन कार्यविधि विधेयक, २०७८ पारित गरेको हो ।

त्यसैगरी आर्थिक ऐन, २०७८, विनियोजन ऐन, २०७८, व्यास नगरपालिका कर्मचारी सेवा व्यवस्थापन गर्न बनेको ऐन, २०७८ संशोधन गरेको छ । आव ०७८/७९ का लागि ३५औँ नगरसभामा नगरप्रमुख बैकुण्ठ न्यौपानेबाट प्रस्तुत नीति तथा कार्यक्रम र समीक्षात्मक प्रतिवेदन संशोधन सहित पारित भएको छ ।

आव ०७८/७९ का लागि उपप्रमुख मीरा जोशीबाट प्रस्तुत १ अर्ब ७७ करोड ८९ लाख १२ हजारको संशोधित बजेट तथा कार्यक्रम संशोधन सहित पारित गरिएको छ ।

पालिका प्रेस
थप जानकारी