संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै मात्र शाखा अधिकृतमा पदस्थापन भएका स्वंय कार्यालय छनौंट गर्न आह्वान गरेको छ ।लोकसेवाले गत १६ माघमा शाखा अधिकृतको नतिजा सार्वजनिक गरेको थियो । लोकसेवाको नतिजा अनुसार ४८५ जनाले अधिकृतमा नाम निकाल्न सफल भएका थिए । उनीहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूहमा राखेको छ ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै हालै मात्र शाखा अधिकृतमा नाम निकालेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन भएका कर्मचारीहरुले स्वंय रिक्त रहेका निकाय छनौंट गर्ने गरी अनलाइन प्रणाली व्यवस्थापन गरिएको जनाएको छ ।

कर्मचारीहरुले htps://mofaga.gov.np/officer-posting  मा लगइन गरी  पदस्थापनका लागि तीन वटा निकाय वा कार्यालय छनौंट गर्न पाइने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । प्रथामिकताको क्रम अनुसार १,दुई र तीन रोजेर निकाय छान्नुपर्ने सामान्य प्रशासनले जनाएको छ ।आयोगका सूचना अनुसार,लोकसेवा आयोगको अनलाइन आवेदन प्रणालीमा अभिलेख भए बमोजिमका विवरणहरु रोल नम्बर,योग्यताक्रम नम्बर,जन्म मिति,मोवाइल नम्बर प्रविष्ट गर्नुपर्ने जनाइएको छ । विविरण प्रविष्ठ गरिसकेपछि लग इन गर्ने,आफ्नो विवरण एकीन गरेर आवेदन प्रविष्ट बटममा क्लिक गर्नेुपर्ने छ ।मन्त्रालयले तोकेको ढाँचामा अनलाइन फर्म भरेर आफ्नो विवरण अनिवार्य रुपमा अद्यावद्यिक गराउन मन्त्रालयले सूचना प्रकाशन गरेको छ ।

प्रकाशित सूचना अनुसार,आगामी माघ २५ गते मंगलबार भित्र अर्थात अबको दुई दिनभित्रमै कार्यालय छनौंट गरि अनलाइन आवेदन पेश गरिसक्नुपर्नेछ ।

सूचना :

पालिका प्रेस
थप जानकारी