लमजुङको मर्स्याङ्दी गाउँपालिका भित्रका भेडीगोठ कृषक समूहलाई आधुनिक मेसिन वितरण गरिएको छ । केन्द्रले प्रतिसमूहलाई ४८ हजार बराबरको भेडाको उन काट्ने आधुनिक मेसिन र चर्खा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले गाउँपालिका अन्तर्गतका पाँच कृषक समूहलाई मेसिन प्रदान गरेको हो ।

मेसिन पाउनेमा पल्ता घुम्ती भेडीगोठ कृषक समूह तल्लो चिप्ला, मिलीजुली उन प्रशोधन कृषक समूह खानीगाउँ, चमरीखर्क भेडी गोठ कृषक समूह ताराचोक, पुस्तुन नाइचे भेडीगोठ कृषक समूह भीरपुस्तन र अन्नपूर्ण पशुपालन कृषक समूह रहेका छन् ।

आधुनिक प्रविधिको मेसिन तथा चर्खाले उन काट्न सहज र समयको सदुपयोग हुनेछ ।


 

पालिका प्रेस
थप जानकारी