मकवानपुरकै प्रशिद्ध पालुङको इन्द्रायणी मन्दिरमा पालुङको प्रधान परिवारले पित्तलको झण्डा चढाएका छन् । थाहा नगरपालिका वडा नम्बर २ पालुङ शहर निवासी सुरज प्रधानले ६ फिट अग्लो चार वटा झण्डा २२ असार शनिबार मन्दिरमा चढाएका हुन् । चढाइएको झण्डालाई २३ असारमा प्रतिस्थापन गरिएको निरोज प्रधानले जानकारी दिए ।
सुरज पालुङका पूर्व जिम्दार तोयापानी प्रधानका नाती तथा तेज बहादुरको छोरा हुन् । तोयापानीको पाँच छोराहरु तेजबहादुर प्रधान, नरेन्द्र प्रधान, दिपेन्द्र प्रधान, नेत्र प्रधान र निरोज प्रधान हुन् ।
तोयापानीका परिवारले वार्षिक रुपमा स्थानीय मठमन्दिरहरुमा विभिन्न सामानहरु चढाउने गरेका छन् । यसअघि पनि इन्द्रायणी मन्दिरको वरीपरी दियो तोयापानीकै परिवारले राखिदिएर सहयोग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्