मकवानपुरको दुर्गम कैलाश गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को वित्तीय प्रगती ८४.०४ प्रतिशत हासिल गरेको छ । आर्थिक वर्ष २०८०/०८१ का लागि कुल ५२ करोड ४२ लाख ५५ हजार ३ सय ५ रुपैयाँ बजेट विनियोजन गरेकोमा ४३ करोड ९५ लाख ३५ हजार ७३ रुपैया बजेट पालिकाले खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत बिनोद रोकाले जानकारी दिए ।

पालिकाका अनुसार–‘पुँजीगत ८४.९४ प्रतिशत र चालुतर्फ ८३.१५ प्रतिशत बजेट खर्च भएको छ ।’ पालिकाले पुँजीगततर्फ २० करोड २५ लाख ४५ हजार ३ सय ८० रुपियाँ बजेट विनियोजन गरेकोमा १७ करोड ११ लाख १४ हजार ५ सय ६७ रुपैया खर्च गरेको छ ।

त्यसैगरी चालुतर्फ ३२ करोड २७ लाख ९ हजार ९ सय २५ रुपैया बजेट विनियोजन गरेकोमा २६ करोड ८३ लाख ४० हजार ५ सय ६ रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत रोकाले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी