मकवानपुरको बागमती गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा ८३.७८ प्रतिशत वित्तीय प्रगती हासिल गरेको छ । गाउँपालिकाले चालुतर्फ ८७.२७ प्रतिशत र पुँजीगततर्फ ७७.३२ प्रतिशत वित्तीय प्रगती हासिल गरेको प्रमुख प्रशासकीय अधिकृत झम्क नारायण घलानले जानकारी दिए ।

पालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ६८ करोड ५५ लाख ८६ हजार रुपियाँ बजेट विनियोजन गरेकोमा ५७ करोड ४३ लाख ५६ हजार ६ सय २२ रुपियाँ खर्च भएको प्रम्ुख प्रशासकीय अधिकृत घलानले बताए ।

बागमतीले कुल विनियोजित रकमबाट चालुतर्फ ४४ करोड ४९ लाख ९४ हजार बजेट विनियोजन गरेकोमा ३८ करोड ८३ लाख २७ हजार ७ सय ५० रुपियाँ खर्च भएको छ । त्यसैगरी पुँजीगततर्फ २४ करोड ५ लाख ९२ हजार बजेट विनियोजन भएकोमा १८ करोड ६० लाख २८ हजार ९ सय १२ रुपियाँ खर्च भएको घलानले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत घलानले आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम कार्यान्वयनमा सहयोग गर्ने सबै जनप्रतिनीधि, कर्मचारी, उपभोक्ता समिति, निर्माण व्यवसायी, संघसंस्था तथा सरोकारवालाहरुलाई धन्यवाद दिएका छन् ।

पालिका प्रेस
थप जानकारी